ओखलढुंगा – सार्वजनिक स्थान अथवा सरकारी कार्यलयको दुरुपयोग गर्दै नेपाल कम्युनिस्ट पार्टी चम्पादेवी ७ फुलबारीको वडा कार्यलयमा नेकपाको कार्यक्रम गरेका छन् ।
उक्त कार्यक्रममा चम्पादेवि नेकपा इन्चार्ज तथा चम्पादेवी ७ का वडा अध्यक्ष शुरेश थापा, नेकपा चम्पादेवी का अध्यक्ष तथा गत चम्पादेवी गाउँ पालिकाको पराजित गाउ पालिका अध्यक्ष खड्ग कार्की चम्पादेवी ६ का वडा अध्यक्ष तिलक खड्का लगायतका नेताकार्यकर्ताको उपस्थिति थियो।
चम्पादेवी ७ का नागरिकलाई युवा क्लब र बत्तीको आमभेला गर्ने भनी वडा कार्यलयमा आफुहरु आएको र पछि वडा कार्यलय आउदा नेपाल कम्युनिस्ट पाटीको कार्यक्रम रहेछ यस्ता झुटो खबर वा सूचना सम्प्रेषण गरि वडा कार्यलयमा पाटिको कार्यक्रम गर्ने नेकपा चम्पादेवी नेता र नेकपा खेमाका जनप्रतिनिधिलाई कडा भन्दा कडा कार्वाहीको लागि आम नागरिकले सो कार्यक्रममा आवाज उठाएका छ्न।
विगत ३ दिन अघि नेपाली काङ्ग्रेसले चम्पादेवी ७ मा पार्टी कार्यालय उद्दघाट्न तथा पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पाटिको ज्यादती र नकारात्मक कर्म बाट अफु दिक्क भएको भन्दै नेपाली काङ्ग्रेसमा ६३ जनाको प्रवेशको खबरले कम्युनिस्टले यो हर्कत गरेको स्थानीय कम्युनिस्ट इतर पक्षको आरोप छ ।