काठमाडौं – मधेस प्रदेश नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको छ । प्रमुख सुमित्रा भण्डारीसमक्ष गठबन्धनको तर्फबाट ५५ को दाबी पेस गरिएको माओवादी प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो ।
एमाले–माओवादी गठबन्धनले जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाएको हो । मुख्यमन्त्रीमा नियुक्ति भएपछि सिंहलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ ।