काठमाण्डौं – नेपालि कांग्रेसका केन्द्रिय सदस्य एवं माननिय सांसद गगन कुमार थापाले वर्तमान कम्युनिष्ट सरकार सँग रिसाएका नागरिक प्रतिपक्ष सँग खुशी हुन नसकेको बताएका छन् । एपि-वान टेलिभिजनको द ब्राभो डेल्टा शो कार्यक्रममा भुषण दाहालसँगको अन्तर्वार्तामा युवा नेता थापाले प्रतिपक्ष सँग सरकारलाइ डर नभएकोले नागरिकलाई प्रतिपक्षसँग भर नभएको बताएका हुन् ।
सरकारका यावत वेथिती विरुद्ध नागरिकको बलमा नागरिकको सशक्त्त आवाज बोकेर हिंड्नुपर्ने प्रतिपक्षीको भुमिका सन्तोषजनक रुपमा निर्वाह गर्न नसकेको स्विकार्दै नेता थापाले सरकारले गलत मनशायले गुठि मिडिया नागरिकता लगायतका विधेयक मार्फत कानुन मुठ्ठीमा लिन गरेका अनेक दुष्प्रयास संख्याको हिसाबले सानो भएपनी प्रतिपक्षको दर्विलो आवजले ध्वस्त पारिएको बताए ।
वर्तमान सरकार बेसुरे र बेसारे भएको भन्दै नेता थापाले आफुखुशी सदन बन्द गरेर राष्ट्रवादी मुखुण्डो ओडेर प्रतिपक्षका साथै आम नागरिकलाइ घरमा थुनेर मुद्दाहिन बिषयमा बरालिएको वर्तमान सरकारलाई तानेर सदनसम्म पुर्याउनुपर्ने दायित्व प्रतपक्षमा रहेको बताए । साथै कांग्रेस नेता थापाले पार्टि सभापती देउबा प्रति लक्ष्यित गर्दै नागरिकको विश्वास जित्नका लागी सरकारसँग अलग्गै हुनुपर्नेमा सत्ता साझेदार जस्तो देखिनु कमजोरी भएको बताए ।
एक फरक प्रशंगमा नेता थापाले काँग्रेसको आसन्न १४औं महाधिबेशन नियमित फरक भएको भन्दै वर्तमान नेतृत्वबाट पार्टिलाइ अलग गराउन सकियो भने मात्र नागरिकलाई केहि नयाँपनको अनुभुती गराउन सकिने बताए ।