सर्वोच्चले गर्यो जिल्ला र उच्च अदालतको जन्मकैदको फैसला सदर, रेशम चौधरी थुनामै

8

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।

सर्वोच्का न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो । उच्च अदालत दिपायलले टीकापुर हत्याकाण्डका दोषी चौधरीलाई जन्मकैदको सजाय तोकेको थियो।

कैलालीको टीकापुरमा २०७२ सालमा भएको हत्याकाण्डमा चौधरीसहित केही व्यक्तिको संलग्नता रहेको ठहर उच्च अदालतले गरेको थियो। ०७२ भदौ ७ गते टीकापुरमा भएको आन्दोलनमा चौधरीकै निर्देशनमा भएको आक्रमणमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको अदालतकाे ठहर छ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टीकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्। जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउँ भनी दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो।

२०७७ फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त मुद्दा पटकपटक हेर्न नभ्याइनेमा परेको थियो। गत वैशाख २५ गते पेसीमा चढ्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ १ गतेका लागि हेर्दाहेर्दैमा राखेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू