सर्वोच्चले दियो सांसद थापालाई पुनर्वहाली गर्न आदेश

39

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ ।

राष्ट्रिय जनमोर्चाले उनलाई प्रदेश सभा सदस्य पदसमेत नरहनेगरी कारबाही गरेपछी सर्वोच्च अदालत पुगेका थापाको रिट निवेदनउपर सुनुवाइगर्दै अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले आदेशमा भनेको छ, “निजको सांसद पद नरहेमा निजको काम कर्तव्य र अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षतिसमेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निजको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु तथा सो सम्बन्धी पत्राचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु, नगराउनू, निज निवेदकलाई प्रदेश सभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु, नगराउनू ।”

पद खारेज नगर्न अन्तरिम आदेश आएपछि प्रतिक्रिया दिँदै थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।

“विपक्षी नेपाली काँग्रेसलाई सरकार बनाउन मेरै पार्टीले कारबाही ग¥यो, जनताको भावनाविपरित जादिनँ भन्ने अडान कायमै थियो” सांसद थापाले भने, “अदालतले पुन बहाली गरेको छ, मैले आफ्नो अठान फेरि पनि छोड्दिन, अब पनि काँग्रेसको गठबन्धनलाई सहयोग गर्दिनँ ।”

समाचार वर्गहरू