काठमाडौं – पोखरामा एक सहकारीका व्यवस्थापकले आत्महत्या गरेका छन् ।
पोखरा ११ रानीपौवामा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रहेका ३८ बर्षिय लेखुराम खातीले आइतबार साँझ ७ बजे आफ्नै घरको कोठामा पासो लगाएर आत्महत्या गरेका हुन् । उनका चार महिनाको छोरा र एक छोरी छन् ।
उनले पोखरा ९ नयाँबजारस्थित पृथ्वीचोकमा रहेको घरमा नै आत्महत्या गरेको वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए । वडाध्यक्ष मर्सानीका अनुसार खाती आइतबारको सेयर सदस्यसँगको बैठकमा सहभागी भएर आएका थिए ।
खातिले आत्महत्या गरेपछि श्रीमती बेहोस भएकी छन् । उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ ।
उक्त सहकारीले पछिल्लो समयमा बचतकर्ताको रकम फिर्ता दिन सकिरहेको थिएन । सेयर सदस्यले पनि उनीमाथि दबाब बढाइरहेका थिए ।
प्रहरीले घटनाबारे बिस्तृत जानकारी सोमबार दिने भएको छ ।