काठमाडौं – सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् ।
यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् ।
महासंघका अध्यक्ष कुशलव केसीले आज ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने जानकारी दिए। अध्यक्ष केसीले भने, ‘माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्याली गर्छौं। र्यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं’ ।
अध्यक्ष केसी यसअघि पनि झण्डै तीन हप्ता आमरण अनशनमा बसेपछि स्वास्थ्य अवस्था नाजुक भइरहेका बेला सरकारले सम्झौता गरेको थियो ।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने अध्यक्ष केसीले जानकारी दिए ।