सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

3
फाइल फोटो

काठमाडौं – सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको वचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध प्रदर्शन गर्दैछ । 

कांग्रेसले आज दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभाको आयोजना गरेर सहकारी पीडितको रकम फिर्ता गर्नुपर्ने, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिबारे सरकारले जवाफ दिनुपर्ने, गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

देशभरका ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत सहकारीका सिमित सञ्चालक र निजी कम्पनीहरूले संगठितरूपमा अपचलन, ठगी र दुरुपयोग गरेको कांग्रेसले दाबी गर्दै आएको छ ।

सङ्घीय संसद्‍मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब सहकारी मुद्दालाई लिएर सडकमा उत्रिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रिय समितिबाट प्रतिनिधि खटिएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू