सहकारी ठगी प्रकरण – पूर्वडीआईजी छविलाल जोशी पक्राउ

54

काठमाडौं – सहकारी ठगी प्रकरणमा पूर्वडिआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये एक जोशीलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।सहकारी छानबिन समितिले जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले आइतबार सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् ।

उनीमाथि सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका जोशीलाई संसदीय विशेष छानबिन समितिले पनि कारबाही गर्न सिफारिस गरेको थियो।

गोर्खा मिडियाका अर्का सञ्चालक जीबी राई भने फरार छन्। गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालिक ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्धनिर्देशक रवि लामिछानेमाथि पनि कारबाहीको लागि सिफारिस गरिएको छ। लामिछानेले सहकारीबाट रकम ल्याउने काम नगरेको तर सहकारीबाट आएको रकम अपचलन गरेको गम्भीर आरोप छ।

समाचार वर्गहरू