सहिदहरूको बलिदानले आफ्नो संविधान आफैं बनाएका छौं – राष्ट्रपति पौडेल

2
फाइल फोटो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूको बलिदानद्वारा आफ्नो संविधान आफैं बनाएका बताएका छन्।

सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएको उल्लेख गरेका छन्।

‘महान् सहिदहरूको बलिदानद्वारा हामीले आफ्नो संविधान आफैं बनाएका छौं। जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं।’ पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ। संविधान र गणतन्त्रले परिलक्ष्य गरेको यही मर्मलाई आत्मसात गर्दै  दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मैले ठानेको छु।’

उनले जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू