काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा संसदीय नेटवर्कको बोर्ड सदस्यमा निवार्चित भएका छन्।
नेता थापाले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निर्वाचित भएको जानकारी गराएका हुन्। उनले भनेका छन्, ‘वर्ष २०२१-२०२३ का लागि विश्व बैंक र आईएमएफमा संसदीय नेटवर्कको बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुसी लागेको छ।’
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।वोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन् ।
नेपाली काँग्रेसबाट उम्मेदवार भइ काठमाडौको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थापा अहिले तेस्रो पटक सांसद भएका हुन् । थापा पहिलो पटक समानुपातिक प्रणाली मार्फत निर्वाचित भएका थियो भने बाँकी दुई पटक प्रत्यक्ष निर्वाचित भएका हुन् ।
उनले यसअघि पनि अरु धेरै अन्तर्राष्ट्रिय मंचहरुमा काम गर्दै आएका छन् ।