साउदी अरेबिया : महिला अधिकारकर्मी लुजैनलाई जेल सजाय

22

काठमाडौं – साउदी अरबको एउटा अदालतले प्रख्यात महिला अधिकारकर्मी लुजैन अल हथलौललाई ५ वर्ष ८ महिना जेल सजाय सुनाइएको छ । दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ ।

लुजैनले साउदीमा महिलाहरूले सवारी चलाउन पाउने अधिकारको वकालत समेत गरेकी थिइन । महिलाहरुको अधिकारका लागि आवाज उठाउने ३१ वर्षकी लुजैनले हालसम्म साढे दुई वर्ष भन्दा बढी जेल जीवन बिताइसकेकी छन् ।

उनीसहित केही अधिकारवादीहरूलाई अरेबियाको वैमनस्यपूर्ण संगठनहरूसँग सम्पर्क सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले उनलाई रिहा गर्न पटकपटक माग गर्दै आएका छन् ।

तर, सोमबार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ ।

अदालतले उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो । दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ । लुजैन र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ तर त्यो दाबीलाई अदालतले खारेज गरिदिएको छ ।

लुजैनलाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनु भन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो । उनले त्यो मुद्दालाई जोडदार रूपमा उठाएकी थिइन् । साउदी अधिकारीहरूले भने यो विषयसँग उनको पक्राउको कुनै सम्बन्ध नभएको बताएका छन् ।

समाचार वर्गहरू