साग खेल्ने महिला क्रिकेट टिमको घोषणा

14

(काठमाडौं) – नेपालमा आयोजना हुन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रिकेट खेलका लागि महिला क्रिकेट टिमको घोषणा भएको छ ।

नेपालले सागका लागि रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो । यस्तै तीन वैकल्पिक खेलाडी समेत छनोट गरिएको छ । रुविनासँगै उपकप्तानमा सीता रानामगर छन् ।

त्यस्तै, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोमु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द रहेका छन् ।

त्यस्तै, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुवँर पनि टिममा अटाएका छन् । यता, ज्योती पाण्डे, संगिता राई र अस्मिता कर्माचार्य भने वैकल्पिक खेलाडीको सूचिमा छन् । १३ औं साग यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुँदैछ ।

साग अन्तर्गत क्रिकेटमा भारत र पाकिस्तानले भने सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरै सम्पन्न वुमन्स च्याम्पियन्स लिग डब्लुसीएलमा उत्कृष्ट प्रर्दशन गरेका ज्योति पाण्डे र अस्मिना कर्माचार्य वैकल्पिक खेलाडीमा रहेका छन् । यी २ सँगै संगीता राईपनि सूचीमा परेकी छन् । महिला क्रिकेट टोलीबाट नेपालले पदकको आशा गरेको छ ।

समाचार वर्गहरू