साग- जुडोको सेमिफाइनलमा नेपालका इन्द्र र सन्जित विजयी

11

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र सन्जित डंगोल फाइनलमा प्रवेश गरेका छन् ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा पुरुष ६६ केजी मुनिको सेमिफाइनलमा इन्द्रले पाकिस्तानका खेलाडी हुसेनलाई १-० ले पराजित गरे । उनले पहिलो चरणमा श्रीलंकाका सुपुन चन्दनालाई हराएका थिए ।

यस्तै पुरुषतर्फ ७३ केजी मुनि सन्जितले बंगलादेशका अमिरुल इस्लामलाई इप्पोन हान्दै फाइनलमा स्थान पक्का गरे । पहिलो खेलमा उनले भुटानका टान्दिन वान्चुकलाई पराजित गरेका थिए ।

अब स्वर्ण पदकको लागि इन्द्रले भारतका जस्लिन सिंहसँग तथा सन्जितले श्रीलंकाका चामरा नुवसँग खेल्ने छन् ।

समाचार वर्गहरू