ललितपुर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी छन् । महिला ४३ केजी तौल समुहमा नेपालकी मिनुले भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेकी हुन् ।
बक्सिङतर्फ आज सोमबार नै भएको अर्को खेलमा भने नेपालकी ललिता महर्जनले रजत पदकमा चित्त बुझाएकी छन् । ४८ केजी तौलतर्फको फाइनल खेलमा ललिता भारतकी खेलाडीसँग पराजित भएकी हुन् ।
दुबै खेल ललितपुरको सातदोबाटोमा भएको हो ।