साग भलिबलमा नेपाल र बंगलादेश भिड्दै

17

(काठमाडौं) – १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबलका खेल आज (बुधबार) सुरु हुँदैछ । सागमा महिला र पुरुष भलिबल खेलको तालिकाअनुसार नेपालको पहिलो खेल बंगलादेशविरुद्ध आज हुने भएको छ ।

औपचारिक उद्घाटन अगाडि नै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो । भलिबलमा सहभागी ६ देशलाई दुई समूहमा विभाजन गरिएको छ । त्यसअनुसार भलिबलको समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् ।

पुरेश्वरस्थित राखेप कभर्ड हलमा नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् । उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो । पुरुष भलिबलको पहिलो खेलमा बुधबार बेलुका ७ बजे नेपाल र बंगलादेशबीच खेल सुरु हुनेछ । दोस्रो खेल शुक्रबार बेलुका ५ बजे नेपाल र भारतबीच हुनेछ ।

महिला भलिबलमा बुधबार दिउँसो ३ बजे नेपाल र बंगलादेशबीच खेल हुनेछ । दोस्रो खेल बिहीबार बेलुका ५ बजे नेपाल र भारतबीच हुनेछ । लिग कम नकआउटका आधारमा हुने खेलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच सेमिफाइनल खेल हुनेछ ।

सागको महिला भलिबलमा नेपाल सूमह ए मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।

समाचार वर्गहरू