साग भलिबल : नेपाली महिला टोली सेमिफाइनलमा

14

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३(० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।

भारत विजयी भएपछि समूह ए मा रहेको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो । दुई खेल जितेको भारत ४ अंक सहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो । भारतसँग भने नेपाल ३-० को सोझो सेटमै पराजित भएको थियो ।

अब नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउने छ । महिला भलिबलको अन्तिम खेलमा आज श्रीलंकाले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनलमा नेपालको भेट श्रीलंकासँग पक्का भएको हो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ को सेतटमा पराजित गरेको हो । आजै भएको समूह ए को खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा पराजित गरेसँगै भारत समूह विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले अब फाइनल प्रवेशका लागि शनिबार समूह बी को विजेता श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भारत र माल्दिभ्सबीचको सेमिफाइनल खेल पनि शनिबार नै हुनेछ ।

समाचार वर्गहरू