साग भलिबल : नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

14

(काठमाडौं) – नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।

पहिलो पटक सागको फाइनल पुग्ने क्रममा नेपालले श्रीलंका माथि २५-१४, २५-१८ र २५-२१ को जित निकालेको थियो । श्रीलंकालाई हराएसँगै नेपाली महिला भलिबलले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ । अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ ।

नेपालको जितमा प्रतिभा माली र सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । प्रतिभाले सर्वाधिक २० र सरस्वतीले १७ अंक जोडिन् । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल पर्सि मंगलबार हुनेछ ।

समाचार वर्गहरू