(काठमाडौं) – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलमा भारतले सहज जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाकाे कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा पारजित गरेको हो । पहिलो सेटमा २५-१८ को जित निकालेको भारतले दोस्रो सेटमा २५-१४ को जित निकाल्न सफल भएको थियो ।
प्रतियोगिताको बलियो टोलीको रुपमा रहेको भारतले अन्तिम सेटमा २५-१५ को जित निकाल्न सफल भएको हो । अब भारतले शुक्रबार आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल भारतसँग यही महिना भएका तीनवटै मैत्रीपूर्ण खेलमा पराजित भएको थियो ।
अहिले नै केही बेरमा नेपाली महिला भलिबल टोलीले भारतसँग प्रतिस्पर्धा गर्दैछ । सागको औपचारीक उद्घाटन १५ गते हुने भएपनि त्यसअघि भलिबलको खेल भएको हो ।