सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस

13

(काठमाडौं) – सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

मन्त्रिपरिषदको बैठकले कास्कीका सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै, बाँकेका तिलक परियार, प्रदेश २, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ ।

यसअघि नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि यी नाम सिफारिस गरे पनि प्रदेश तोकेको थिएन । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।

सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखहरुको नाम छानेको थियो । सिफारिसमा परेका मध्ये ४ जना पूर्व एमाले र ३ जना पूर्व माओवादी पक्षका छन् ।

अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्व एमालेका हुन् भने परियार, शेरचन र त्रिपाठी पूर्व माओवादी पृष्ठभूमिका हुन् । पार्टीले सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको हो ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ति शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो ।

समाचार वर्गहरू