सात हजार घूस रकम सहित असई पक्राउ

21

(मोरङ) – प्रहरी सहायक निरीक्षक असई घूस रकम सहित विराटनगरबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाई इटहरीले विराटनगरबाट असई श्यामकुमार दाहाललाई घूस सहित बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय मोरङमा कार्यरत असई दाहालले विराटनगरको घाँसचोकमा एक तरकारी व्यापारीसँग ७ हजार रुपैयाँ घूस लिंदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

सुनसरीबाट विराटनगर ल्याउने भारतीय तरकारी चेकजाँच नगर्ने सर्तमा तरकारी व्यापारीसँग अवैध रकम असूल्ने क्रममा दाहाललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

समाचार वर्गहरू