काठमाडौं – पछिल्लो समय लोक दोहोरीको क्षेत्रमा रुचाइएका सर्जक तथा गायक सानू केसि र सीता दुलालको नयाँ गित “ए जुनेली बजारमा आएको छ ।
लोक पारखी तथा गीत सङ्गीतलाई माया गर्ने दर्शक श्रोताले मन पराएका सर्जक तथा गायक केसीले यसअघि पनि निकै गितहरु सार्वजनिक गरिसकेका छन् । जुनतारा इन्टरटेन्ट्मेन्ट युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक गरिएको उक्त गितको शब्द केसीलेनै लेखेका हुन भने सुफिक्स मदनले सङ्गीत भरेका हुन ।
सानू केसी र सीता दुलालले गायको उक्त गीतमा भुवन चौलागाईं र लक्ष्मी दर्नालले अभिनय गरेको लोक तथा दोहोरी गायक सुदर्शन तिमल्सिनाले जानकारी दिए ।
गायक तिमल्सिनाका अनुसार सर्जक केसीकै निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा मुकेश हुमागाइँको छायांकन रहेको छ ।