साफ यू–१८ च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै

17

काठमाडौं – साफ यू–१८ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह एमा रहेको नेपालले आफ्नो अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । काठमाडौंको हलचोकस्थित एपीएफको खेल मैदानमा दिउँसो ३ बजे हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ ।

भुटानलाई आजको खेलमा हराउन सके नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । जारी प्रतियोगितामा भुटानको भने यो पहिलो खेल हो । भुटान पनि आफ्नो पहिलो खेलमा जितको खोजीमा मैदान उत्रने छ ।

समूह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । समूह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।

समाचार वर्गहरू