साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले उचाल्यो

14
तस्बिर सौजन्य : एन्फा

काठमाडौं – साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । आइतबार काठमाडौंमा भएको फाइनलमा बंगलादेशलाई २ १ गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

योसँगै यू १८ साफमा भारत नयाँ च्याम्पियन राष्ट्र बनेको छ । यसअघिको दुई संस्करण नेपालले जितेको थियो ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए । च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो ।

समाचार वर्गहरू