सामसुङले ल्यायो ५जी चल्ने पहिलो ट्याब्लेट

22

एजेन्सी – विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले विश्वमै पहिलो पटक पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । सामसुङले बुधबार फाइब जी चल्ने ग्यालेक्सिी ट्याब S6 5G  सार्वजनिक गरेको हो । उक्त ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको कम्पनीले जनाएको छ ।

यो ट्याब हाललाई दक्षिण कोरियामा मात्र उपलब्ध हुनेछ । १२८ जिबी इन्टरनल मेमोरी रहेको उक्त ग्यालेक्सीको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ ।

समाचार वर्गहरू