(सुर्खेत) – सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा सुर्खेतबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकबेसी नगरपालिका–१ लेकफर्सास्थित ससुराली घरमा बस्दै आएका दैलेख नौमुले नगरपालिका–३ घर भएका २१ वर्षीय प्रेम विक रहेका छन् ।
फेसबुक मार्फत कोरोना भाइरसको अफवाह फैलाएको अभियोगमा उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले आफ्नो फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।