काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक हुबहु पारित गर्न नहुने बताएका छन्।
विराटनगरमा नेपाली कांग्रेस सूचना तथा प्रचार विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउन नहुने बताएका हुन्।
कांग्रेस अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउन नहुने मान्यता राख्ने पार्टी भएको बताउँदै उनले सञ्चार विधेयक जस्ताको त्यस्तै हुबहु नभई परिमार्जन गरी पारित गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा सहमहामन्त्री भिष्मराज आङ्दाम्बेले कांग्रेसले थुप्रै विभागहरू गठन गरेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको भए पनि ती कार्यक्रमहरू पार्टी लक्षितभन्दा पनि नेताहरूले महाअधिवेशन लक्षित रुपमा चलायजस्तो देखिएको बताए।
अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण हरिबहादुर थापा र जगत नेपालले गरेका थिए।