सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

11

(काठमाडौं) – सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । सामाजिक सुरक्षा कोषले बिहीबार सूचाना प्रकाशन गरी अबको एक महिना भित्र कोषमा आवद्ध हुन एक महिनाको समय दिएको जनाएको हो ।

आगामी मंसिर १४ गते भित्र सबै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचीकरण हुन भनेको छ । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको सूचना प्रकाशित गरेको हो ।

सरकारले यसअघि गत असोज मसान्तभित्र सबै निजी क्षेत्रका सबै उद्योग प्रतिष्ठानहरुलाई कोषमा आवद्ध हुने समय दिएको थियो । सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्नगई लामो सार्वजनिक बिदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गर्न लागिएको कोषले जनाएको छ ।

हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।

समाचार वर्गहरू