सामाजिक सुरक्षा कोष सरकारी बाहेक सबै श्रमिकको लागि अनिवार्य व्यवस्था : मन्त्री विष्ट

18

(काठमाडौं) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकहरुको सुरक्षाको आधार रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक तथा सामाजिक हिसाबले पछि परेका शारिरीक तथा बौद्धिक श्रमिकहरुको सुरक्षाको लागि कोष बलियो आधार रहेको बताएका हुन् ।

उनले भने, ’कोषमा सहभागी हुने श्रमिकले भविष्यमा कसैसंग सहयोगको लागि हात फैलाउँदै हिड्नु पर्दैन । कोषको योजनाले श्रमिकको भविष्यका लागि सुरक्षाको प्रत्याभूत गर्छ ।’

नेपालको परिवेशमा सामाजिक सुरक्षा कोषको अभ्यास नयाँ भएकोले यसको कार्यान्वयन कठीन र चुनौतिपूर्ण रहेको उनको भनाई छ । उनले बर्षौ देखि संचालनमा आएका नागरिक लगानी कोष तथा संचय कोषसंग नयाँ कोषलाई तुलना गर्न नमिल्ने पनि बताए ।

मन्त्री विष्टले सरकारी सेवामा रहेका कर्मचारीहरु बाहेक सबै श्रमिकहरुलाई कोषमा समेट्ने बताए । उनले भने, यो ऐच्छिक होइन, सरकारी सेवामा रहेका बाहेक सबै श्रमिकहरुको लागि अनिवार्य व्यवस्था हो । सबै श्रमिकहरुलाई अनिवार्य सामाजिक सुरक्षा कोषको दायरामा ल्याइनेछ ।’

कोषमा न्यून सहभािगता भएको प्रति संकेत गर्दै मन्त्री विष्टले भने, ‘कोषमा आउँदै नआउने भन्ने हुँदै हुँदैन, सबै जना आउँछन् । तर त्यसको लागि अझै जनचेतना फैल्याउन बाँकी छ । रोजगारदाता र श्रमिकहरुलाई सहभागी गराएर हामी व्यापक जनचेनतामुलक कार्यक्रम संचालन गर्छौ ।’

 

समाचार वर्गहरू