काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
बिहिबार बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको अन्तिम मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार मन्त्री परिषद बैठकले यो निर्णय कार्यान्वयनकालागी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।