साेमबार साँझ थप १३ जना काेराेना संक्रमति थपिए

23

(काठमाडौं) – सोमबार साँझ थप दुई बालबालिका सहित १३ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

रुपन्देहीस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष १९ देखि ४० वर्ष समूहका, निस्दी गाउँपालिका पाल्पाका २ पुरुष १७ देखि ३६ वर्ष उमेर समूहका र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।

थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित संक्रमितको संख्या १८ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार वर्गहरू