काठमाडौं – सिंगापुर पठाइदिन्छु भन्दै झण्डैं एक करोड रुपैयाँ रकम ठगी गर्ने एक युवक पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बिहिबार सिनामंगलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला छन् ।
नले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्दै प्रतिव्यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका निरौलामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको छ ।