सिके राउत अघीअघी प्रधामन्त्री पछीपछी

2

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी बुधबार भारतको चार दिने भ्रमणमा जाने तयरीमा छन् । गत पुसमा प्रधानमन्त्री नियुक्त भएपछि दाहाल पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन् ।

गत फागुनदेखिनै प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चलेपनी पाँच महिनापछि बल्ल सार्थक हुन लागेको छ ।

यसैवीच सरकारमा रहेको जनमत पार्टीका अध्यक्ष सीके राउत हिजो एकाएक नयाँ दिल्ली पुगेका छन् । शनिबार बिहान नेपाल वायुसेवा निगमको उडानबाट गएका राउतले दिउँसोदेखि भेटघाट थालेका छन् ।

उनले सत्तारुढ दल भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेट गरेका छन् । ओशोको माला पहिरिएका राउतले होटलको लबीमा भेटघाटपछि चौथाईवालेलाई पशुपतिनाथको मन्दिर उपहार दिएका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू