काठमाण्डौं – नेपाल बिद्यार्थी संघले (CTEVT) बाट संचालित चिकित्सा शिक्षा लगायत स्वास्थ्य क्षेत्रका तालिम खारेज गरिएकोमा आपत्ती जनाएको छ । नेबिसंघका केन्द्रिय महामन्त्री बलदेव तिमल्सिनाद्वारा सोमबार जारी विज्ञप्तिमा परिक्षाका सन्दर्भमा Diploma तहका बिद्यार्थी हरुको हकमा बिगतका आन्तरिक परिक्षा,आंशिक परिक्षा दिने बिद्यार्थिहरुको हकमा बिगतका गतिविधि र Diploma दोस्रो र तेस्रो साथै TSLC अध्ययन गर्ने विद्यार्थीको हकमा अघिल्लो आन्तरिक परिक्षामा प्राप्त अंक भार लाई आधार मानी मुल्यांकन पद्दति लाई अबलम्बन गर्न पनि माग गरिएको छ ।
यसैगरी प्राबिधिक शिक्षा तथा ब्यबशायिक तालिम परिषद(CTEVT) बाट संचालित चिकित्सा शिक्षा सम्बन्धि CMA,ANM,LAB ASSITSTANT,AAYURBEDA लगाएत TSLC/SEE स्तरका 18 महिने स्वास्थ्य तालिम खारेज गर्ने गरी गरिएको निर्णय प्रति नेपाल बिद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै भाबी योजना र बिकल्प समेत नदिइ बिगत 25 बर्ष देखी अबिछिन्न संचालित तालिम बन्द गर्दा यसले ठुलो अन्योलता छाएको महामन्त्री तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अगाडी भनिएको छ – हाल COVID-19 बिरुद्धको लडाइमा अग्रपंत्तीमा कार्यरत CMA,ANM,LAB ASSITSTANT हरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनिहरु सहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत12000 बिद्यार्थी हरुलाई समेत आतंकित बनाउदै कुनै खाका र योजना बिना नै किन बन्द गरियो र?
साथै नयां शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सम्पुर्ण तैयारी भैसकेको अबस्थामा बिद्यार्थी,अभिभावक र शिक्षण संस्था माथि यो निर्णयले ठुलो नकारात्मक असर पारेको भन्दै विज्ञप्तिमा पुर्बाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने,चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर Label-1, Label-2 जस्ता तालिमहरु मार्फत शुल्क असुल्ने क्रियालाप खराब नियत र मनशायबाट ग्रसित भएको जनाइएको छ ।
साथै CTEVT अध्यन गर्ने बिद्यार्थी हरुको बिगत १३-१४ महिना अगाडि दिइएको परिक्षाको परिक्षा फल रोकिएको, सबै बिकल्प सहितको बैकल्पिक माध्यम बाट कक्षा संचालन हुन नसकेको, परिक्षा संचालन गराउने सम्बन्धमा गम्भीरता नदेखीएको बिषयमा हम्रो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।