सिटीसँग साउथ ह्याम्पटन २-१ गोलले पराजित

21

(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले पुनरागमनसहितको नाटकीय जित निकालेका छन् । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथ ह्याम्पटनलाई पराजित गरेको छ ।

घरेलु टोली सिटीले साउथ ह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इत्तिहाद रंगशालामा पाहुना टोलीका लागि जेम्स वार्ड प्रोजले १३ औं मिनेटमै गोल गरेपछि पेप ग्वार्डिओला प्रशिक्षित सिटी सुरुमै दबाबमा परेको थियो ।

सिटीको जितमा सर्जियो अगुइरो र काइल वाल्करले गोल गरे । यता, साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रोसले गोल गरे । खेलको १३ औं मिनेटमा नै प्रोसले गोल गर्दै साउथह्याम्पटनलाई पहिलो पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए ।

तर, खेलको ७० औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई १–१ गोलको स्थितिमा ल्याए । खेलको ८६ औं मिनेटमा वाल्करले गोल गर्दै सिटीलाई २–१ गोलको जित दिलाए । जितपछि सिटीको ११ खेलबाट २५ अंक भएको छ ।

समाचार वर्गहरू