सुनसरी – आफ्नै अनुयायीमाथि यौन दुव्र्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आइतबारदेखि सुरू भएको थुनछेक बहस आज सकिएसँगै अदालतले उक्त आदेश दिएको हो ।
आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गिरीलाई गत मंसिर १६ गते विराट नर्सिङहोमको आइसीयु कक्षबाटै पक्राउ गरेको थियो ।