सिन्धुपाल्कको इन्द्रावती ४ टाकुरेमा आगलागीबाट घर, टहरा जलेर नष्ट, लाखौंको क्षती

14

काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ४ स्थित टाकुरेमा आगलागी भएकाे छ । इन्द्रावती ४ टाकुरेका रामकृष्ण गजुरेलकाे घर र कुखुराकाे टहरामा शुक्रबार आगलागी भएकाे हाे ।

आगलागीका कारण अनुमानीत २३ लाख २७ हजार बराबरकाे क्षति भएकाे इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक कुमार चाैलागाईँले जानकारी दिए ।

कुखुराकाे टहरामा भएकाे ग्याँस बुडर बाट आगाे सल्किएकाे अनुमान प्रहरीकाे छ । प्रहरी हाल घटनास्थलकाे निरिक्षण र अनुसन्धानमा जुटेकाे छ । ‘बिहान अन्दाजि ५ बजे घर संगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित ४ काेठाकाे घर जलेर नष्ट भएकाे छ’, चाैलागाईँले भने ।

आगलागी बाट १ हजार कुखुरा सहितकाे टहराे र ४ काेठाकाे घरसहित घरमा रहेका अधिकांश सामानहरू जलेर नष्ट भएको उनले जानकारी दिए ।

मेलम्चीबाट आएकाे सशस्त्र प्रहरीकाे टाेलि, ईलाका प्रहरी कार्यालय नवलपुरकाे टाेलि र स्थानियकाे सहयाेगमा आगाे नियन्त्रणमा लिई बाँकि सामान निकालिएकाे बताईएकाे छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू