सिन्धुपाल्चोकको चौतारामा नेबिसंघको सिठी जुलुस

27

सिन्धुपाल्चोक – नेपाल विद्यार्थी संघले सिन्धुपाल्चोक सदरमुकाम चौतारामा सिठी जुलुस प्रदर्शन गरेको छ । नेबिसंघ केन्द्रिय समितिको परिपत्र अनुसार कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र विरुद्ध नेबिसंघ सडकमा उत्रेको नेबिसंघ सिन्धुपाल्चोकका  जिल्ला अध्यक्ष दावा दावा ग्याल्वु लामाले बताए ।

अध्यक्ष लामाका अनुसार नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचीव बिल बहादुर तामाङले मास्क वितरण गरेर सुरुवात गरेको सिठी जुलुस कांग्रेस पार्टी कार्यालय बाट सुरु भै सिठी र नाराबाजीका साथ टुंडिखेलमा गएर समापन भएको थियो । समापनमा बोल्दै अध्यक्ष लामाले सरकार नसच्चिए नेबिसंघले आन्दोलनको आँधिबेहरी ल्याउने बताए ।

उक्त सिठी जुलुसमा नेपाल विद्यार्थी संघका जिल्ला पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय समितिका पदाधिकारी तथा प्रतिनिधिहरु लगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको अध्यक्ष लामाले जानकारी दिए ।

समाचार वर्गहरू