सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमकाबिच चौतारा साँगाचोकगढी नगरपालिका -६ पिपलडाँडा बस्तीका नेकपा तथा राप्रपाका दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाका नगर सभापती यज्ञ दंगालले जानकारी दिए ।
कांग्रेस प्रवेश गर्दै सङ्गीत क्षेत्रमा समेत अब्बल रहेका नेकपा कार्यकर्ता नविन भण्डारीले भने हामी गरिबको नाम बेचेर राजनिती गर्ने कम्युनिष्ट परिपाटीको चरित्र उदाङ्गो भएको छ । उनले गरिबलाई भर्याङ बनाएर आफ्नो अभिष्ट पुरागर्ने कम्युनिष्टको झुटको खेति बन्दगर्दै साच्चिकै जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेसमा आउन सम्पुर्ण चौतारा साँगाचोकगढी नगरपालिकाबासीलाई आव्हान समेत गरेका छन्।
नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य विष्णुबिक्रम थापाले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्रले मुलुकमा हजारौं जनताको वलिदानीबाट प्राप्त उपलब्धीनै गुम्ने खतरा बढ्दै गएकोले मुलुकलाई गम्भिर परिस्थितीबाट जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । नेता थापाले नेपाली कांग्रेस लाई बिश्वास गरेर प्रवेश गर्ने सबै नेता कार्यककर्ताको सुखदुःखमा आफू सधैं साथमा रहने बताउँदै नेपाली कांग्रेसमा आवद्धहुन सबैमा अनुरोध गरे ।
उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका महासमिती सदस्य बद्रि चौलागाँई, जिल्ला सदस्य ज्ञान बहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं-२का सह-सभापती एवं प्रदेश (क) का सभापती टंक कार्की, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका प्रत्यासी केशव गिरी लगायत कांग्रेस नेता कार्यकर्ताको उपस्थिती रहेको नगर सभापती यज्ञ दंगालले बताए ।