काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुमा आईचर ट्रक दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । सोमबारसाँझ हेलम्बु गाँउपालिका २ ढोडीनीको भित्रि सडकमा बा ४ ख ५३८२ नम्बरको आईचर ट्रक दुर्घटनामा परेको हो ।
मालबाहक ट्रकमा सवार मध्ये हेलम्बु २ ढोडेनी बस्ने बर्ष ३० को पेमा तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते २ जनालाई मेलम्ची नगरअस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।
गाडीको आफैँ ब्रेक फेल भै व्याक आएर करिव सडक भन्दा १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।