सिन्धुपाल्चोकमा एकै पटक ३९ वटा स्वास्थ्य चौकी भवन बन्दै छ,- पुर्व मन्त्री बस्नेत

11

पुर्वमन्त्री बस्नेतद्वारा ईन्द्रावती २ को स्वास्थ्यचौकीको भवन शिलान्यास

सिन्धुपाल्चोक – नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा यस बर्ष एकै पटक ३९ वटा स्वास्थ्य चौकी भवन बन्न लागेको बताएका छन् ।

इन्द्रावती गाउँपालीका १ सिम्पालकाभ्रेमा शैक्षिक सामाग्री तथा ट्र्याकसुट टी–सर्ट बितरण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले एकै बर्षमा सिन्धुपाल्चोकमा ३९ वटा स्वास्थ्य चौकी भवनको लागि आफु मन्त्री हुँदा बजेट बिनियोजन गरेको जानकारी दिए ।

यस बर्ष सिम्पालकाभ्रेमा स्वास्थ्य चौकी भवन बन्ने बस्नेतले जानकारी दिए। ’यस वडामा एक पक्की मोटरेवल पुल बनाउनेछौँ’, बस्नेतले भने ’कुन ठाउँ उपयुक्त हुन्छ हामीलाई भन्नुस’ ।

सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ बाट निर्वाचित संघिय सांसद माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा इन्द्रावती गाउँपालिका वडा नं १ सबै विद्यालयहरु श्री सिपालेश्वरी माध्यमिक विद्यालय, श्री नबकन्या आधरभूत विद्यालय , श्री भूवनेश्वरी आधारभूत विद्यालय , श्री गोल्मेश्वरी आधारभूत विद्यालय , हिमान्चल आधारभूत विद्यालय , श्री बागेश्वरी आधारभूत विद्यालयको प्रांगणमा करिव ५४१ शिक्षक र विद्यार्थीलाई शैक्षिक सामग्री तथा ट्रयाकसुट टी-सर्ट लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

समाजसेवी मोहन बहादुर गिरीको पहलमा विशेष अतिथीहरु पूर्व गृह राज्यमन्त्री विष्णु विक्रम थापा ,इन्द्रावती गाउँपालिका पुर्व अध्यक्ष वंशलाल तामाङ ,बागमती प्रदेश सांसद माननीय कृष्ण कुमार तामाङ , नेपाली कांग्रेस जिल्ला उपसभापति टंक कार्की नेपाली काँग्रेस इन्द्रावती सभापती जिवनकुमार थापामगर, महासमिति सदस्य बासुदेव अधिकारी, वडा अध्यक्षहरु श्याम बहादुर गीरी, चिनलाल तामाङ लगायतको उपस्थितीमा शैक्षिक सामाग्री तथा ट्रयाक सुट टी-सर्ट वितरण गरिएको हो ।

पुर्वमन्त्री बस्नेतद्वारा ईन्द्रावती २ को स्वास्थ्यचौकीको भवन शिलान्यास

ईन्द्रावती गाउँपालिका वडा नं २ को स्वास्थ्यचौकीको भवन शिलान्यास भएको छ । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भवनको शिलान्यास गरेका हुन् ।

३८ लाख ८६ हजार मा बन्न लागेको सो भवन ३ कोठा र एक हल सहित पार्किङको राम्रो व्यबस्था हुने बताइएको छ । असार २१ गते सम्म बनिसक्ने सो भवनको उपभोक्ता समिति मार्फत काम हुन लागेको हो ।

सो स्वास्थ्य चौकी वडा नं २ को केन्द्र भागमा बन्न लागेको र यसबाट वडाबासीलाई धेरैनै राहत हुने वडा अध्यक्ष श्याम बहादुर गिरिले जानकारी दिए । ’स्वास्थ्य चौकी सेन्टरमा छ, सडककै छेउमा छ, बाटो पिच भएपछि चौतारा चाँडो पुगिन्छ’, उनले भने ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद कृष्ण कुमार तामाङ, इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ, नेपाली काँग्रेस इन्द्रावती सभापती जिवनकुमार थापामगर, महासमिति सदस्य बासुदेव अधिकारी, शैक्षिक अभियन्ता मोहन गिरि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजसेवी तथा नेपाली कांग्रेसका नेता शिव सुनारले गरेका थिए।

May be an image of 7 people and text
मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू