सिन्धुपाल्चोकमा एक शिक्षकको मोटरसाइकल दुर्घटनामा मृत्यु

9

काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका एक शिक्षकको दुर्घटनामापरी मृत्यु भएको छ ।

पाँचपोखरी थाङपाल -६ को थाङपालधाप माविका प्रधानाध्यापक राधे बन्जाराको गुफाडाँडा भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामापरी शनिबार निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

नेपाल शिक्षक संघका बिशिष्ट सदस्य एवं सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका पुर्ब कोषाध्यक्षसमेत रहेका बन्जाराको शव पोस्टमार्टमकालागी मेलम्ची क्षेत्रिय अस्पतालमा लगीएको बताइएको छ ।

पोष्टमार्टम पश्चात उनको आइतबार मेलम्ची नदि किनारमा दाहसंस्कार गरिने मृतकका आफन्तले जनाएका छन् ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू