सिन्धुपाल्चोकमा तातोपानी नाका हुँदै भित्रिएको ठूलो परिमाणमा भेप बरामद

52
फाइल फोटो

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट ७४० पिस भेप बरामद भएको हो ।

बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले गएराति गाडी चेकजाँचको क्रममा भेप बरामद गरेको हो । उक्त भेप सुपर मार्केटको बिचमा राखेर ल्याइएको अवस्थामा पक्राउ गरिएको हो ।

‘साना–ठूला बट्टामा प्याकिङ गरेको अवस्थामा ७४० पिस भेप छ, तर सिल लगाइएकाले हामीले खोल्न मिल्दैन’ प्रहरी स्रोतले भन्यो ।

उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । नेपालमा भेपको कारोबार कानुनद्वारा बर्जित छ ।

समाचार वर्गहरू