सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौं जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ३५ यात्रु घाइते भएका छन् ।
लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार भएको दुर्घटनामा सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जनाइएको छ।
सिन्धु सदावाहार अस्पताल खाडीचौर मा उपचार हुन नसकेका घाईतेहरु लाई अन्य अस्पताल पठाउनका लागी कांग्रेस नेता हरु अस्पताल पुगेर धुलिखेल अस्पताल ,काठमाडौं ,को अन्य अस्पताल लैजानका लागी तत्काल गाडीको ब्यबस्था गरि सबै गाडीहरु मा लाग्ने खर्च समेत को ब्यबस्था गरि नेपाली कांग्रेस को केन्द्रीय सदस्य पुर्व मन्त्री विपत ब्यबस्थापन समिती को संयोजन मोहन बहादुर बस्नेत ,नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापती बालकृष्ण बस्नेत, नेताहरु हरी शरण श्रेष्ठ , प्रेमध्वज लामा लगायतले सबै घाईते हरुलाई अन्य अस्पताहरुमा पठाउन सहयोग गरेका थिए ।
बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।