सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल आयातमा रोक

22

(सिन्धुपाल्चोक) – कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल आयातमा प्रतिबन्ध लगाइएको छ ।

मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनिकरण गर्न बाहिरी जिल्लाबाट तरकारी तथा फूलफूल आयातमा प्रतिबन्ध लगाइएको हो । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको ढकालले जानकारी दिए । अन्य जिल्लाबाट आउने तरकारी फलफूलको आयात मात्रै रोकेको भन्दै जिल्लामा उत्पादन भएका बिक्री वितरण गर्न पाइने उनले बताए ।

स्थानीय रूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरिएको ढकालले बताए ।

बाहिरबाट आउने तरकारी आयातमा रोक्दा जिल्लामा अभाव नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले बताए ।

समाचार वर्गहरू