सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा आज बेलुका ६ बजेदेखि लागू हुनुगरी बैशाख महिनाभर निशेधाज्ञा जारि गरिएको छ । आज बसेको सिन्धुपाल्चोक जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधि परिचालन गर्दै जिल्लाभर निशेधाज्ञा जारि गरेको हो ।
बैठकले जिल्लाको प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा र टोलहरुमा वडा सदस्यको संयोजकत्वमा कोरोना रोकथाम नियन्त्रण सहजिकरण समिति गठन गर्ने निर्णय गरेको छ । सो समितीमा वडाका महिला स्वास्थ स्वयंसेवीका, आमा समूह, युवा क्लब लगाएतका समाजमा अग्रज व्यक्तिहरु सहभागी गराउने निर्णय भएको छ । सो समितिले निशेधाज्ञा तथा शिल गरिएका स्थानको सम्पुर्ण सहजिकरण गर्नेछ ।
त्यस्तै बैठकले पालिकाभित्रको सबै चालु एम्बुलेन्सहरुको तथ्यांक राख्न पालिकाको स्वास्थ शाखाको प्रमुखलाई जिम्मेवारी तोकेको छ भने त्यसको जानकारि सम्पूर्ण जिल्लाबासीलाई गराउन समेत निर्देशन दिएको छ ।
