सिन्धुपाल्चोक – पुर्ब सुचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जिल्लाका १२ वटै स्थानिय तहका वडाहरुलाई १००० पिसको दरले मास्क बितरण गर्ने भएका छन् ।
आइतबार सिन्धुपाल्चोक क्षेत्र नं २ का सबै वडाहरुमा ,स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरणगर्दै कांग्रेस खेलकुद विभाग प्रमुखसमेत रहेका नेता बस्नेतले कसैको पनि मास्क र अक्सिजन नपाएर ज्यान जाने अवस्था आउन नदिने बताएका छन ।
क्षेत्र नं २ का जनताको सुरक्षाको लागी मास्क बितरण गरिएको उनले बताउँदै उनले जिल्लाका १२ वटै स्थानिय तहका वडाहरुलाई १००० पिसको दरले मास्क बितरण गर्न लागिएको जानकारी दिए । सोहि अनुसार आइतबार क्षेत्र नं २ का सबै वडाका सरोकारवाला ब्यतिहरुलाई बोलाएर मास्क बितरण गरिएको हो ।
आइतबार बिहान इन्द्रावती गाउँपालिकाका वडाका पार्टि प्रतिनिधी तथा जनप्रतिनिधिलाई सिपाघाटमा बोलाएर मास्क बितरण गरिएको थियो। त्यसपछि मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका स्थानिय पार्टि प्रतिनिधी तथा जनप्रतिनिधीलाई मेलम्ची बजारमा बितरण सकेर हेलम्बुका स्थानिय प्रतिनिधिहरुलाई मास्क बितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सचिव बासुदेव अधिकारीले बताए ।
“सिन्धुपाल्चोकका जिल्लाका सबै जनता मास्क नपाएर, अक्सिजन नपाएर कसैको पनि ज्यान नजावस भन्ने उद्धेश्यले यस्ता काममा हामी सकृय रहेका छौँ, ” उनले भने ।
अक्सिजन प्लानटको लागी पनि पैसा ब्यबस्था गरिसकेको उनले बताए । “अक्सिजन प्लान्टले दैनिक २० सिलिन्डर अक्सिजन दिनेछ । जिल्लाका जनताको अक्सिजन नपाएको कारण ज्यान जाने छैन, भातृ संगठन, समाजसेवी र सुभचिन्तक मिलेर काम गर्नेछौँ” । उनले प्रतिबद्धता ब्यक्त गरे ।
उनका अनुसार हष्पिटलको लागी मेलम्ची लाई पनि १० बेड दिने र त्यसको लागी अक्सिजन सिलिन्डर पनि दिने र जिल्लाका सबै पालिकामा आवश्यकता अनुसारका स्वास्थ्यसमाग्रीको कमि हुन नदिने तयरी गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको खाडिचौरमा रहेको सिन्धु सदाबहार हष्पिटल केन्द्र हुनेछ । र अर्काे केन्द्र बाह्बिसेमा रहेको अरनिको कलेजमा रहने छ । १०० बेड बाट सुरु हुने यस निःशुक्ल कोभीड–१९ उपचार केन्द्र आवस्यकता अनुसार थप्दै जाने पनि उनले बताए ।
https://www.facebook.com/messenger_media/?thread_id=100001900715737&attachment_id=2993519600869058&message_id=mid.%24cAAAADlB9_dN_yn8-KV5mTnxCaJTi