काठमाडौं – सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १०:२१ बजे सिन्धुपाल्चोकको पाङफुङ र लिस्तिकोटको मध्यभागलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको हो।
नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि गरिएको थियो।