सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का उपसभापति नवराज भट्टराई लाई पत्निशोक परेको छ ।
जिल्ला खेलकुद विकास समिती सिन्धुपाल्चोकका पूर्व उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक का सदस्य समेत रहेका भट्टराईको धर्मपत्नी यशाेदा भट्टराईकाे सोमबार निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेकी भट्टराईको ४१ बर्षकै उमेरमा निधन भएको हो ।
उनको अन्त्येष्टि सोमबारनै पशुपति आर्यघाटमा गरिएको पारिवारिक स्रोतले जनाएको छ । मृतक भट्टराईको पार्थिव शरीरमा नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता एवं पुर्व महासमिति सदस्य सुदर्शन आचार्यले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
यसै विषयमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले एक शोक विज्ञप्ति जारी गर्दै मृतक भट्टराई प्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने भट्टराई परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।
