सिन्धुलीको मरिणमा ‘प्लस टु’ पढ्ने १७९ छात्रालाई साइकल वितरण

105

काठमाडौं – सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका विभिन्न विद्यालयको कक्षा ११/१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

बुधबार एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजन दाहालले छात्राहरूलाई साइकल वितरण गरेका हुन्। साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले नै समाजलाई परिवर्तन गराउने भएकाले छात्राहरूलाई यसरी गरिएको प्रोत्साहनले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक वृद्धि विकासमै मद्दत पुग्ने बताए ।

गाउँपालिकाको गत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुसार ‘प्लस टु’ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिए ।‘पालिकाभित्र रहेका दुई वटा उच्च माध्यमिक तहमा अध्ययनरत १ सय ७९ जना विपन्न, दलित, आदिवासी जनजाति छात्राहरूलाई साइकल वितरण गरिएको हो,’ मोक्तानले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीका अनुसार मरिण गाउँपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालयका १ सय २७ जना र मरिण गाउँपालिका ४ स्थित मावि मरिण खयरसालका ५२ जना छात्राहरूलाई गरी कुल १ सय ७९ वटा साइकल वितरण गरिएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू